काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अपेक्षित गति लिन नसकेको भन्दै असन्तुष्टि जनाएको छ।
पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले काँग्रेसले सरकारलाई दुवै काँध दिएर पूर्ण समर्थन गर्दा पनि कार्यसम्पादन सुस्त रहेको टिप्पणी गरेका हुन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै विश्वकर्माले सरकारको गतिप्रति पार्टी सन्तुष्ट नरहेको स्पष्ट पारेका हुन्।
‘काँग्रेसले एउटा मात्रै काँध होइन, दुई वटै काँध थापिदिएको छ। तर, सरकारले भनेजस्तो गति पक्रिन नसकेको कुरा मैले ढाकाछोप गर्न सक्दिनँ। गति पक्रिन सकेको छैन,’ उनले भने।
यद्यपि, विश्वकर्माले काँग्रेस तत्काल सरकार परिवर्तनको पक्षमा नरहेको स्पष्ट पारे। उनले सरकार बदल्नेभन्दा पनि सरकारको कार्यशैली र कार्यसम्पादनमा सुधार हुनुपर्नेमा पार्टीको जोड रहेको बताए।
‘अहिले हामी सरकार बदल्ने भन्दा पनि सरकारको कार्यशैली बदल्नुपर्छ भन्ने निष्कर्षमा छौँ,’ उनले भने, ‘त्यही निष्कर्षको आधारमा केन्द्रीय समितिको बैठक चलिराखेको छ। हामी सरकारको कार्यसम्पादनबारेमा समीक्षा गर्दै छौँ र नागरिकका असन्तुष्टिलाई पनि हामीले बैठकमा छलफल गरेका छौँ।’
नेता विश्वकर्माले सरकार जनताको टुटेको विश्वासलाई जोड्ने गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले सुशासनको सम्बन्धमा भने भर्खरै केही सरलता र सुगमता आएको स्वीकार गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ असार २०८२, १९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसको १५औं महाधिवेशनका लागि आजदेखि प्रक्रिया सुरु
काँग्रेसको १५औं महाधिवेशनका लागि आजदेखि प्रक्रिया सुरु
सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने
काँग्रेस संसदीय दलको बैठक बस्दै
संसदमा छिर्यो कांग्रेसको विवाद, आज को बोल्ने भन्नेमै अन्यौल
अनुशासन उल्लंघनको आरोप लागेकालाई कांग्रेसले सोध्यो ७ दिने स्पष्टीकरण