काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भए पनि भने जति गर्न नसकेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले कसैले देशमा खतरा गरेको छ भनेर पनि नपत्याउन र देशमा केही भएन भनेर भन्नेहरूको कुरा पनि नपत्याउन विद्यार्थीलाई आग्रह गरेका हुन् ।
उनले आफूले अध्ययन गरेर मात्रै समर्थन र विरोध गर्न सुझाव दिए । राम्रो गरेकोमा धन्यवाद दिन र भने जति गर्न नसकेकोमा प्रश्न गर्न उनले आग्रह गरे । महामन्त्री थापाले भने– ‘कसैले यो देशमा खतरा गरेको छ, भएको छ भनेर नपत्याउनुस् । तर कसैले आएर यो देश बर्बाद भयो, झुर भयो भनेर पनि नपत्याउनुस् । दुइवटै रङ । यो देशमा केही राम्रो भएको छ । केही राम्रो गर्न सकिएको छैन । राम्रो गरेकोमा धन्यवाद भन्नुस् । गर्नुपर्ने जति राम्रो किन गरिनस् भनेर गाली पनि गर्नुस् । बाँकी रहेको म गर्छु भनेर जिम्मा लिनुस् न । नथाक्नुस्, नभाग्नुस् । नगल्नुस् । अडिएर बस्नुस् । नयाँ कुरा सिक्नुस्, प्रश्न गर्नुस् । क्रिटिकल हुनुस्, रमाइलो पनि गर्नुस् ।
महामन्त्री थापाले अब आउने पुस्ताले आफूले भन्दा राम्रो काम गर्ने आफूलाई विश्वास रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ असार २०८२, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘२०८३ मंसिर अघि महाधिवेशन हुन्छ’: गगन थापा
‘आइटी छुट्टै क्षेत्र होइन, यसलाई सबैसँग जोडेर हेर्ने बेला आएको छ’: गगन थापा
आम मान्छेलाई सरकारसँग झोक चल्ने भनेकै लाइन बस्नु पर्दा हो : गगन थापा
सत्ता गठबन्धनको बैठकमा गगन थापा गएनन्
गगन थापाविरुद्धको अवहेलना मुद्दा न्यायाधीश प्रधान र पाण्डेयको इजलासमा
'हामी तलमाथि गर्दैनौँ, तर सरकारले रिजल्ट दिनुपर्छ’: गगन थापा