काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भए पनि भने जति गर्न नसकेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले कसैले देशमा खतरा गरेको छ भनेर पनि नपत्याउन र देशमा केही भएन भनेर भन्नेहरूको कुरा पनि नपत्याउन विद्यार्थीलाई आग्रह गरेका हुन् ।
उनले आफूले अध्ययन गरेर मात्रै समर्थन र विरोध गर्न सुझाव दिए । राम्रो गरेकोमा धन्यवाद दिन र भने जति गर्न नसकेकोमा प्रश्न गर्न उनले आग्रह गरे । महामन्त्री थापाले भने– ‘कसैले यो देशमा खतरा गरेको छ, भएको छ भनेर नपत्याउनुस् । तर कसैले आएर यो देश बर्बाद भयो, झुर भयो भनेर पनि नपत्याउनुस् । दुइवटै रङ । यो देशमा केही राम्रो भएको छ । केही राम्रो गर्न सकिएको छैन । राम्रो गरेकोमा धन्यवाद भन्नुस् । गर्नुपर्ने जति राम्रो किन गरिनस् भनेर गाली पनि गर्नुस् । बाँकी रहेको म गर्छु भनेर जिम्मा लिनुस् न । नथाक्नुस्, नभाग्नुस् । नगल्नुस् । अडिएर बस्नुस् । नयाँ कुरा सिक्नुस्, प्रश्न गर्नुस् । क्रिटिकल हुनुस्, रमाइलो पनि गर्नुस् ।
महामन्त्री थापाले अब आउने पुस्ताले आफूले भन्दा राम्रो काम गर्ने आफूलाई विश्वास रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ असार २०८२, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा डिस्टर्ब नगर्न गगन थापाको चेतावनी
दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितका सहकार्य आवश्यक : गगन थापा
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्ने गगन थापाको प्रतिबद्धता
गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव काँग्रेस केन्द्रीय कार्यसमितिमा पेस
‘बदलिएको कांग्रेस’को सन्देश प्रभावकारी रूपमा पुर्याउन पर्याप्त समय भएन : गगन थापा
सभापति पदबाट राजीनामा दिने मुडमा गगन थापा