‘मेरी बास्सै’ का हास्य कलाकार लक्ष्मी श्रेष्ठको निधन

सफल खबर संवाददाता

शनिबार, २१ असार २०८२, ०८ : २८
‘मेरी बास्सै’ का हास्य  कलाकार लक्ष्मी श्रेष्ठको निधन

काठमाडौं । कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। हास्य टेलिसिरियल ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’को भूमिकाबाट चर्चामा आएकी श्रेष्ठको शुक्रबार राती निधन भएको हाे ।

केही महिनादेखि बिरामी रहँदै आएकी श्रेष्ठको निधन भएको कलाकार सिताराम कट्टेल `धुर्मुस´ले सामाजिक संजाल मार्फत जानकारी दिएका छन्फ।

सिरियलमा उनले सीताराम कट्टेल (धुर्मुस) द्वारा अभिनीत पात्र ‘खड्काजी’की श्रीमतीको रुपमा छुच्ची स्वभावकी ‘अप्सरा आमा’को भूमिका निभाएकी थिइन्। श्रेष्ठ स्तन क्यान्सरलगायतका रोगबाट पीडित थिइन्। पछिल्ला केही सातादेखि उनी ओछ्यानमै थलिएकी थिइन्।

लामो समयदेखि अभिनयमा सक्रिय रहेकी श्रेष्ठले ‘मेरी बास्सै’ बाहेक ‘जिरे खुर्सानी’, ‘कान्छी’, ‘उल्टो सुल्टो’ जस्ता टेलिसिरियल तथा ‘लक्का जवान’ फिल्ममा पनि अभिनय गरेकी थिईन् ।श्रेष्ठले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस