काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका ट्राफिक सईलाई प्रहरी प्रधान कार्यालयले काठमाडौँ झिकाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँके दरबन्दी भएका सई कमल खड्का प्रधान कार्यालय तानिएका हुन् ।
उनले रास्वपाद्वारा सञ्चालित ‘प्रतिशोधविरुद्धको हस्ताक्षर संकलन’ कार्यक्रमअन्तर्गत नेपालगञ्जमा हस्ताक्षर गरेका थिए । बर्दी लगाएर ड्युटी खटिएको अवस्थामा उनले हस्ताक्षर गरेको तस्बिर भाइरल भएको थियो । केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेका अनुसार उनले प्रहरी आचारविरुद्ध गम्भीर काम गरेका कारण आवश्यक सोधपुछका निम्ति काठमाडौँ बोलाइएको हो ।
खड्काले ड्युटीकै क्रममा रास्वपाको अभियानलाई समर्थन गर्दै हस्ताक्षर गरेका थिए । प्रहरी ऐन २०१२ ले प्रहरी कर्मचारीलाई राजनीतिक तथा व्यापारिक गतिविधिमा सहभागी हुने छूट दिएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० असार २०८२, १५ : ४७
लेखकबाट थप