काठमाडौँ। फिल्म ‘कुम्भ’ मङ्सिर १२ गतेबाट प्रदर्शन हुने भएको छ । निर्माण युनिटले वितरकसँगको छलफलबाट यो मिति तय गरेको हो । फिल्म रन्धिर श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् ।
ए रस प्रोडक्सन र ध्रुव एस्ट्रो वास्तु स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्म नेपाली र हिन्दी गरेर दुई भाषामा रिलिज हुनेछ। फिल्ममा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको पनि अभिनय छ।
एक्सन विधामा निर्माण भएको ‘कुम्भ’ मा अशोक आर्यन, सुनिल थापा र सुशील पोखरेल, अफ्सना थापा, रोहित रुम्बा र सृष्टि खड्काको मुख्य भूमिका छ। छायाङ्कन पनि निर्देशक श्रेष्ठ स्वयंले गरेको फिल्ममा द्वन्द्व निर्देशन सम्राट् बस्नेतको छ। रन्धिर श्रेष्ठ, ध्रुवराज पराजुली र राजेश शाहको निर्माण रहेको फिल्मका ईश्वर बल्लभ उप्रेती कार्यकारी निर्माता हुन्। फिल्मको वितरण अधिकार श्री राम बालाजी फिल्म्सले लिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० असार २०८२, १५ : २८
लेखकबाट थप