काँक्रेविहार । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ ।
बिहीबार बेलुकी ९ः०० बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए ।
नियमित पानी परिरहेकाले समस्या भइरहेको उनले जानकारी दिए । नरबहादुर बुढाकी दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिए।
प्रहरीसमेत घटनास्थलमा पुगेर जानकारी लिएको प्रहरी जवान महेश सिंहले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० असार २०८२, ०६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु
पोखरीमा डुबेर दुई जनाको मृत्यु
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते
पानीको खाल्डोमा डुबेर बालिकाको मृत्यु
खोलामा डुबेर दाजुभाइको मृत्यु
वीरगन्जमा पौडी खेल्ने क्रममा डुबेर २ दाजुभाईको मृत्यु