काठमाडौँ । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा गुञ्जन राई पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई केही बेरअघि पक्राउ गरेको हो ।
ललितपुरका गुञ्जनलाई गायिका एलिना चौहानको जाहेरीको आधारमा पक्राउ गरेको ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले बताए । गुञ्जन केही साताअघि नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा शीर्ष २५ को सूचीमा परेका थिए ।
एलिनाले आफूमाथि गालीगलौज गर्नेको ‘भण्डाफोर’ अभियानअन्तर्गत गुञ्जनको पनि प्रोफाइल सार्वजनिक गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ असार २०८२, १५ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्बन्धविच्छेदको मुद्दा दर्तापछि एलिना चौहानको आग्रह- धेरै सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला
एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा