काठमाडौँ । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले विधान महाधिवेशन नीति र विधि बनाउने थलो भएकोले बहस अन्त नमोड्न पार्टी पङ्क्तिलाई आग्रह गरेका छन् ।
एमालेमा जारी नीति र नेतृत्वको बहसका सन्दर्भमा सामाजिक सञ्जालमार्फत् उनले धारणा सार्वजनिक गरेका हुन् । विधान महाधिवेशनबाट पारित विधिअनुसार राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयन हुने उनको प्रस्टोक्ति छ ।
गौतमले लेखेका छन्, ‘विधान महाधिवेशन : विधि र नीति निर्माण गर्ने थलो हो, नेतृत्व निर्माण गर्ने थलो होइन । पारित विधि र नीतिअनुसार राष्ट्रिय महाधिवेशनबाट तत् अनुरूप नेतृत्व निर्माण गरिनेछ । बहसलाई अन्यत्र नमोडौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ असार २०८२, १२ : १८
लेखकबाट थप