काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सरकारले विद्यालय शिक्षा विधेयक नरोकेको र शीघ्र प्रस्तुत गरिने स्पष्ट पारेका छन् ।
‘विनियोजन विधेयक, २०८२’ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी शीर्षकमाथि उठाइएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पन्तले केही विषयमा सहमति जुटाउनुपर्ने देखिएकाले केही दिनका लागि विधेयक स्थगन गरिएको जानकारी दिए।
शिक्षक महासंघसँग भएको सहमतिअनुसार यही असार १५ गतेभित्र विधेयक प्रस्तुत गरिने समयसीमा तोकिएको थियो। विद्यालय शिक्षा विधेयक विभिन्न समयमा भएका सम्झौता समेट्ने गरी अगाडि बढाइएको उनको भनाइ छ।
पछिल्लो पटक शिक्षक महासंघसँग भएको नौ बुँदे सहमतिअनुसार केही विषयहरू सम्बोधन भइसकेको र त्यसै आधारमा विधेयक अगाडि बढाइएको उनले जानकारी दिए। ती मध्ये अधिकांश बुँदाहरू आगामी आर्थिक वर्षको बजेटमा समेटिएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ असार २०८२, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘शिक्षक महासंघसँगको वार्ता पटक पटक भएको छ, निष्कर्ष उन्मुख छौँ’ : शिक्षामन्त्री पन्त