काठमाडौँ । नेपाली काँग्रेसका सांसद हृदयराम थानीले निजामती सेवा विधेयकमा भएको छेडखानीका विषयमा उच्चस्तरीय संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने बताएका छन् ।
समितिबाट षडयन्त्र भएको सुन्दा दुख लागेको उल्लेख गर्दै समिति सचिव जस्तो मान्छेले केही जानकारी छैन भनेर उम्किन नमिल्ने बताए ।उनले भने, ‘दुरा (सुरज दुरा, सचिव) जी तपाई यो समितिका सचिव हो, दफा हटाएको र राखेको विषय जानकारी छैन भन्न मिल्दैन । समितिको टाठोबाठो सभापति हो ? थाहा पाइन कसरी भन्नुभयो ? विशिष्ट श्रेणीका कर्मचारीले देउसी भैलो मैले देखेको छु । ताली बजाएर पारित गरेका हौँ । यसरी पारित गरेको विधेयकमा ३ जना मन्त्रीलाई जानकारी नहुने हुन्छ ? हामीले पारित गरेको किन भएन ?’
एक जना व्यक्तिले मात्रै चाहेर यति ठूलो चलखेल हुन नसक्ने उल्लेख गर्दै यसको पछाडि ठूलै समूह रहेको बताए ।चलखेलमा सामेल भएकाहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उल्लेख गर्दै उनले भने, ‘उनीहरूलाई कानूनी दायरमा ल्याउनुपर्छ । यस्ता कुरा गर्दा समितिको के इज्जत रहला ? आज कसैले भनेका कुरा छन्स, भापति र सचिवको हस्ताक्षरमा रहेको छ । संसदको धज्जी उडाउनुभएको छ । सभापतिलाई भन्छु, तपाईँको कोर टिम थियो त्यो हेर्ने, को राख्नुभएको थियो कोर टिममा ? ऐन बनाउन खोज्नुभएको छ । तपाईँको कोर टिम को हो ? एउटा तपाई र अर्को सचिव दुरा हो ? कुन पार्टीबाट कसलाई राख्नुभएको थियो । यो ठट्टा होइन, जानी जानी संसद्लाई असफल गर्न गरिएको हो । स्पष्ट रूपमा जवाफ दिनुपर्छ ।’
उनले एक अर्कालाई दोषारोपण गरेर सभापति र सचिवले छुट नपाउने बताए । विशिष्ट कर्मचारीले नारा लगाएको भरमा र राजीनामा दिन्छु भनेर धम्की दिएको भरमा कुलिङ अफ पिरियडमा तोडमोड गरिएको उनको भनाई ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ असार २०८२, १२ : ३९
लेखकबाट थप