प्रस्तावित न्यायाधीश पौडेलले भने: ‘बार र बेन्चलाई व्यवस्थित बनाउन पहल गर्छु’

सफल खबर संवाददाता

आइतबार, १५ असार २०८२, १२ : ०६
प्रस्तावित न्यायाधीश पौडेलले भने: ‘बार र बेन्चलाई व्यवस्थित बनाउन पहल गर्छु’

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित श्रीकान्त पौडेलले फरक मुद्दा व्यवस्थापन कार्यमा आफ्नो अधिकतम प्रयास रहने बताएका छन् ।

आइतबारको संसदीय सुनुवाइ समितिको बैठकमा उनले बोल्दै न्यायिक प्रक्रिया पारदर्शी, पूर्वानुमानयोग्य तथा छिटो छरितो बनाउन वैज्ञानिक मुद्दा व्यवस्थापनको रूपमा पद्धतिमा आवश्यक परिमार्जन गर्नुपर्नेमा जोड दिए । 

इजलासको बहस समय व्यवस्थापन आफ्नो प्राथमिकतामा रहनुका साथै बार र बेन्चलाई व्यवस्थित बनाएर जाने बताए । उनले अनलाइन मुद्दा दर्ता, न्यायालयमा सूचना प्रविधिको विकासमा पनि आफ्नो जोड रहेकोसमेत बताए । प्रस्तावित न्यायाधीश पौडेलले विशेष प्रकृतिका मुद्दा फर्छ्यौटमा आफ्नो मुख्य प्राथमिकता रहने बताए । 

 

प्रतिक्रिया दिनुहोस