अस्ट्रेलियासँग वेस्ट इन्डिज पराजित

एजेन्सी

शनिबार, १४ असार २०८२, ०८ : ५५
अस्ट्रेलियासँग वेस्ट इन्डिज पराजित

एजेन्सी । अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा १५९ रनको जित हात पारेको छ।

अस्ट्रेलियाले दिएको ३०१ रनको लक्ष्य लिएको वेस्ट इन्डिज १४१ रनमा सीमित भएको हो। वेस्ट इन्डिजका लागि १० औँ क्रममा ब्याट्सम्यान समर जोसेफले २२ बलमा ४४ रन जोडे।

जस्टिन ग्रेभर्स ३८ रनमा अविजित रहे। जोस हजेलउडले ४३ रनमा ५ विकेट लिए। यसअघि अस्ट्रेलियाले पहिलो पारीमा १८० तथा वेस्ट इन्डिजले १९० रन जोडेका थिए। अस्ट्रेलियाले दोस्रो पारीमा ३१० रन बनाएको थियो।

अस्ट्रेलियाका लागि ट्रेभिस हेडले ६१, एलेक्स केरीले ६५ तथा, बेउ वेबसेटरले ६३ जोडे। पहिलो पारीमा पनि ५९ रन जाडेका हेड प्लेयर अफ द म्याच घोषित भए। वेस्ट इन्डिजका समर जोसेफले ५ विकेट लिए।