काठमाडौँ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका वाईसीएल इन्चार्ज रेशम केसी बलात्कार अभियोगमा पक्राउ परेका छन् । १७ वर्षीया किशोरी बलात्कार आरोपमा केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रहरीका अनुसार जाजरकोटकी १७ वर्षीया किशोरीको जाहेरीमा केसी गए राति सानी भेरी गाउँपालिकाको एक होटेलबाट पक्राउ परेका हुन् । किशोरीले दुई महिना पहिले उनीविरूद्ध प्रहरीमा किटानी जाहेरी दर्ता गरेकी थिइन् । जाहेरीमा रेशमले २०७९ सालमा चौरजहारीको एक होटेलमा लगेर बलात्कार गर्दा गर्भ बसेर छोरीको जन्म भएको समेत उल्लेख छ ।
पक्राउ परेका केसीलाई आज म्याद थप गरेर अनुसन्धान अघि बढाइएको रुकुम पश्चिम प्रहरीले बतायो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ असार २०८२, १२ : ५०
लेखकबाट थप