काभ्रे । काभ्रेमा घरको छानाबाट लडेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रोल्पाको मादी गाउँपालिका- ६ घर भई हाल काभ्रेको बनोपा नगरपालिका- १२ बाँसडोल बस्दै आएका ४२ वर्षीय अमृत घर्तीमगर रहेका प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार स्थानीय गोरखा चाइनिज इट्टाभट्टामा काम गर्दै आएका घर्ती सोही भट्टाको जस्ताको छानोमा प्लाष्टिक ओढाउने क्रममा बिहीबार साँझ छानाबाट खसेका थिए। छानाबाट पानी चुहिन थालेपछि उनी प्लाष्टिक ओढाउन छानामा चढेकाे बेला घटना भएकाे हाे ।
छानाबाट खसेर गम्भीर घाइते भएका उनलाई इट्टाभट्टाका म्यानेजर अनिल दुवालले उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा लगेका थिए।
उपचारकै क्रममा गएराति उनलाई डाक्टरले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी साँगाबाट हबलदार बेलबहादुर श्रेष्ठको कमाण्डमा गएका प्रहरीले अनुसन्धान अघि बढाएका छन्।
घटनाको विषयमा मृतकका आफन्तलाई पनि खबर गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ असार २०८२, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
पोखरीमा डुबेर युवकको मृत्यु