काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले गैरकानूनी रूपमा विदेशमा बसोबास गरिरहेका नेपालीलाई अब कानूनी प्रक्रिया अपनाउन आग्रह गरेकी छन्।
बिहीबार सिंहदरवारमा आयोजित श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।
मन्त्री देउवाले २०२४ को सेप्टेम्बरपछि गैरकानूनी रूपमा विदेश जानेहरूलाई वैधानिकता दिन नसकिने स्पष्ट पारिन्।
उनले विदेश जानेहरूलाई कानूनी रूपमै जानको लागि आग्रहसमेत गरिन्। उनले श्रम सञ्चार एपमा जिटुजी सम्झौता गरेर पठाएका कामदारहरूलाई राख्ने भन्ने कुरा उठेको बताइन्।
महिला श्रमिकको सुरक्षालाई ध्यानमा राख्दै सरकारले वर्तमान पहल सुरु गरेको बताउँदै उनले सरकारी तहबाट पठाइने कामदारहरूलाई प्राथमिकता दिनुपर्ने धारणा राखिन्।
उनले कुन देशमा कति नेपाली छन् भन्ने थाहा पाउन र सम्पर्क बिन्दु बनाउनको लागि आफूहरूले प्रयास गरिरहेको उल्लेख गरिन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ असार २०८२, १९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्र मन्त्रीको स्पष्टीकरण नेकपाद्वारा अस्वीकार
परराष्ट्र मन्त्रीको भारत भ्रमण : नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता
परराष्ट्र मन्त्रीसँग अमेरिकी उपविदेशमन्त्रीको भेट
कूटनीतिक आचारसंहिता पालनामा परराष्ट्र मन्त्रीको जोड
इरान र अन्तर्राष्ट्रिय परमाणु ऊर्जा निकायबीचको सहमति संकटमा : इरानी परराष्ट्र मन्त्री अराघ्ची
इटालीबाट परराष्ट्र मन्त्रीको आह्वान-‘जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य आवश्यक छ’