एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्धको लक्षण देखिएको बताइरहेकै समयमा गाजामा इजरायली आक्रमणमा ७८ जना मारिएका छन्।
त्यहाँको स्वास्थ्य श्रोतले जनाए अनुसार मारिनेमा राहत लिनका लागि पालो कुरेर बसेका १४ जना समेत परेका छन्।
गाजाको अल आवदा र अल अक्सा सैन्य अस्पतालका अनुसार बुधबार बिहान नै केन्द्रीय गाजाको नात्जारियन जक्सनमा नौ जान मारिनुका साथै धेरै जना मारिए। गत महिना ह्युमनटेरियन फाउन्डेसनले राहत वितरण गर्न सुरु गरेयता भएको यो पछिल्लो आक्रमण हो।
समाचारका अनुसार गाजामा इजरायली सैन्य अड्डा र राहत केन्द्र एकदमै नजिक छ। त्यहाँ ठुलो भीड जम्मा हुने बित्तिकै इजरायली आक्रमणको खतरा बढ्ने गरेको छ। राहतका लागि एक व्यक्तिलाई २० मिनेटको समय दिइन्छ। त्यस २० मिनेटको समय भन्दा बढी समय लगाएमा बन्दुक पड्काउन सुरु गरिन्छ। यसै कारण धेरैको ज्यान जाने गरेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १२ असार २०८२, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ
भन्सार छलीका सामान छापा मार्न गएको एपीएफको टोलीमाथि आक्रमण, ३ जना घाइते
फुटबल मैदानमा बन्दुकधारीको आक्रमण : ११ जनाको मृत्यु
अमेरिकी सेनाले सिरियामा गर्यो आईएसविरुद्ध ‘ठुलो आक्रमण’
सिरियामा अमेरिकाले सुरु गर्यो 'ठूलो सैन्य आक्रमण'
जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु