विष्णुमती बगाएको कारबाट एक महिलाको उद्धार

सफल खबर संवाददाता

विहीबार, १२ असार २०८२, ०९ : ३१
विष्णुमती बगाएको कारबाट एक महिलाको उद्धार

काठमाडौं । काठमाडौंको विष्णुमती नदीले कारसहित बगाएकी एक महिलाको उद्धार गरिएको छ । 

गएराति १० बजेतिर काठमाडौंको टोखा नगरपालिका– ६ ग्रान्डी अस्पताल नजिकै रहेको विष्णुमती नदीमा कारसँगै बगेकी दाङ तुलसीपुरकी भावना ओलीलाई सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेका थिए । उनको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।

विष्णुमतीमा कार खसेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ पुगेको प्रहरीले बानियाटार पुलमा अड्किएको अवस्थामा कार फेला पारेको थियो ।

अर्को कारलाई साइड दिने क्रममा सो कार माटोमा भासिएर विष्णुमतीमा खसेको प्रहरीले जनाएको छ ।

उक्त कार काठमाडौंको धुम्बाराही बस्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १ का अंकुश सिंहले चलाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।

चालक बोहरा भने कार नदीमा खस्दै गर्दा किनारमा हामफालेका थिए । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस