एमाले सचिवालय बैठक २ घण्टा पछि सर्‍यो

सफल खबर संवाददाता

बुधबार, ११ असार २०८२, १२ : ०९
एमाले सचिवालय बैठक २ घण्टा पछि सर्‍यो

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक २ घण्टा पछि सरेको छ । आज दिउँसो १ बजेका लागि तय भएको सचिवालय बैठक तयारी नपुगेकाले २ घण्टा पछि आजै दिउँसो ३ बजे बस्ने गरी सरेको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

‘१ बजेका लागि बोलाइएको बैठक ३ बजेलाई सरेको छ’, अधिकारीले भने, ‘तयारी नपुगेको हुनसक्छ ।’ बैठकमा विधान महाधिवेशनको तयारीबारे छलफल गर्ने एजेन्डा रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस