काठमाडौँ । मनहरा खोलामा हाम्फालेका एक युवकलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकै बिहान ६ बजेर ४० मिनेटमा हाम्फालेका १८ वर्षीय नुवाकोटका आयुष बडाललाई सशस्त्र प्रहरीले उद्धार गरेको हो ।
उनले हाम्फालेको देख्नासाथ एमाले पार्टी कार्यालयको सुरक्षार्थ खटिएको सशस्त्र टोलीले तत्कालै उनलाई खोलाबाट निकालेको थियो । उद्धार गरिएका उनको अवस्था सामान्य रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ असार २०८२, ११ : ५६
लेखकबाट थप