गृहमन्त्रीको बचाउमा उत्रिए कांग्रेस प्रमुख सचेतक

सफल खबर संवाददाता

मंगलबार, १० असार २०८२, १४ : ४१
गृहमन्त्रीको बचाउमा उत्रिए कांग्रेस प्रमुख सचेतक

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले गृहमन्त्री रमेश लेखक स्वच्छ छविको व्यक्ति भएको दाबी गरेका छन् ।मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक घिमिरेले गृहमन्त्री लेखकको प्रशंसा गरेका हुन् । उनले गृहमन्त्री लेखकमा बेदाग चरित्र रहेको समेत बताए ।

उनले भिजिट भिसा प्रकरणको छानबिन गर्न बनाइएको उच्चस्तरीय छानबिन समितिलाई निष्पक्ष छानबिन र अनुसन्धानमा गृहमन्त्रीले भित्रैदेखि सदासयताका साथ काम गर्ने कुरामा पर्याप्त आधार र ठाउँहरू रहेका दाबी गरे ।

उनले संसद बहिष्कार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई संसदीय अभ्यासमा सरकारमाथि विश्वास नगर्ने भन्दै प्रश्न गरे । उनले बनाइएको समितिलाई साथ दिन र समितिलाई अपनत्व गरेर शङ्काको सुविधा दिएर हेर्न रास्वपा र राप्रपालाई आग्रह गरे ।

उनले संसदलाई नियमित सुचारु गर्ने कुरामा रास्वपा र राप्रपाको पनि जिम्मेवारी हुने बताउँदै उक्त कर्तव्य निर्वाह आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस