काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ मा विभिन्न मन्त्रालयका विभिन्न शीर्षकमा सांसदहरूले राखेका खर्च कटौतीको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने भएको छ । प्रतिनिधिसभाको आजको बैठकका लागि तय गरिएको कार्यसूचीमा २३ सांसदले राखेका खर्च कटौतीका प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ ।
कार्यसूचीमा अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेस सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, विमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्तिबहादुर बस्नेत, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत सुवेदी, उर्मिला माझी, हितबहादुर तामाङ, अम्मरबहादुर थापा, छिरिङल्हामु लामा, नारायणी शर्मा, गंगा कार्की र लेखनाथ दाहालले राखेका खर्च कटौतीका प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० असार २०८२, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा पुनर्स्थापना गर्नेबारे सभामुखले आज दलहरूसँग छलफल गर्ने
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
निजामती विधेयकको सन्देश प्रतिनिधिसभालाई प्राप्त
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधिसभाको भदौ महिनाको क्यालेन्डर तय
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै