दाङ । रोल्पाको थबाङ गाउँपालिका–५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको उपचारको क्रममा निधन भएपछि गाउँपालिकाले आज शोक बिदा दिएको छ ।
रोल्पाको उवा निवासी घर्तीमगरको बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार दिउँसो निधन भएको थियो ।
वडाध्यक्षको निधन भएपछि गाउँपालिकाले आज शोक बिदा दिएको पालिका अध्यक्ष ऋषिकेश बुढामगरले जानकारी दिए ।
उनी नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित भएका थिए । पार्टी उनी सागर उपनामले चिनिन्थे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० असार २०८२, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वन्यायाधीश प्रधानको निधनमा आज शोक बिदा, इजलास सञ्चालन नहुने
वरिष्ठ कलाकार 'राते काइँला' सुनिल थापाको निधन
पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
गायक प्रशान्त तामाङको निधन
नमोबुद्ध नगरपालिकाका पूर्वमेयर तिमल्सिनाको निधन
प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको निधन