राज्यले जनता भड्काएको कारण तीनकुनेमा आतंक मच्चियोः धवल शमशेर जबरा

सफल खबर संवाददाता

आइतबार, ०८ असार २०८२, १४ : ४४
राज्यले जनता भड्काएको कारण तीनकुनेमा आतंक मच्चियोः धवल शमशेर जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले गत चैत १५ गतेको तीनकुने घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने टिप्पणी गरेका छन । 

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद राणाले तीनकुने घटना आफूहरुको कारण नभई राज्यको कारण भएको उल्लेख गर्दै सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने टिप्पणी गरेका हुन । सांसद राणाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पनि बचाउ गरेका छन। प्रसाईं निमुखा जनताको सेवा गर्न लागि परेको व्यक्ति भएको जिकिर गर्दै सांसद राणाले राज्यले जनता भड्काएको कारण तीनकुने आतंक भएको जिकिर गरे । 

उनले भने, ‘चैत १५ गतेको तीनकुने घटना हाम्रो कारणले नभई राज्यको कारणले भएको हो । दुर्गा प्रसाईंजी पनि निमुखा जनताको सेवा गर्न लाग्नु भएको छ, उहाँले पनि होइन । राज्यले जनता भड्काएको कारणले त्यो आतंक भएको हो । सभामुख महोदय त्यसको लागि पनि हामीले छानविनको माग गरेका छौँ । सरकार छानविन गर्न किन डराइरहेको छ ?’

उनले घटनाको निष्पक्ष छानविनका छानविन समिति बनाउन समेत माग गरे । 

प्रतिक्रिया दिनुहोस