काठमाडौँ । वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ६२.०८ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ६२.०८ प्रतिशतले बढेर ३८ अर्ब ४८ करोड रुपैयाँ पुगेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सम्पत्ति २३ अर्ब ७४ करोड रुपैयाँ थियो ।नेपाल राष्ट्र बैंकका अनुसार सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति ग्लोबल आइएमईमा रहेको छ । यस बैंकको ५ अर्ब ९५ करोड ८३ लाख बराबरको गैरबैंकिङ सम्पत्ति छ ।
त्यस्तै गैरबैंकिङ सम्पत्ति धेरै हुने बैंकको दोस्रो नम्बरमा हिमालयन रहेको छ । यस बैंकको ५ अर्ब १२ करोड गैरबैंकिङ सम्पत्ति छ । तेस्रो स्थानमा रहेको एनआईसी एसिया बैंकको गैरबैंकिङ सम्पत्ति ४ अर्ब ६० करोड रहेको छ ।
चालू आवको वैशाख मसान्तसम्म आइपुग्दा नबिल बैंकको गैरबैंकिङ सम्पत्ति ३ अर्ब ७९ करोड रहेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब ११ करोड छ । यो अवधिमा कुमारी बैंकको २ अर्ब ५५ करोड हुँदा प्राइम कमर्सियल बैंकको २ अर्ब ३६ करोड गैरबैंकिङ सम्पत्ति रहेको छ ।
लक्ष्मी सनराइन, प्रभु, एनएमबि, सिटिजन्स र कृषि विकास बैंकको गैरबैंकिङ सम्पत्ति एक अर्ब माथि रहेको छ । माछापुच्छ्रेको ९ अर्ब माथि हुँदा एसबीआई र सानिमाको ८ अर्ब माथि गैरबैंकिङ सम्पत्ति रहेको छ ।
स्टान्डर्ड चार्टर्ड बैंकको गैरबैंकिङ सम्पत्ति शून्य रहेको छ । यसबाहेक गैरबैंकिङ सम्पत्तिमा सबैभन्दा कम नेपाल बैंकको रहेको छ । यस बैंकको २० करोड बराबरको गैरबैंकिङ सम्पत्ति रहेको राष्ट्र बैंकको तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वाणिज्य बैंकहरुले कमाए ४७ अर्ब ७९ करोड नाफा
जेठका लागि बैंकहरूको नयाँ ब्याजदर, कुन बैंकमा कति पाइन्छ ?
पाँच वटा वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारबाही
सबैभन्दा नाफा वृद्धि नेपाल बैंकको, नाफा कमाउने नबिल
वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक- कुनमा कति ?
फागुनका लागि वाणिज्य बैंकको ब्याजदर सार्वजनिक, कुनको कति ?