काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले जलश्रोत विधेयक जसरी नै विद्युत् विधेयक फिर्ता लिए ठुलो सङ्कट निम्तिने बताएका छन् । प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै बस्नेतले प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गइरहेको विधेयक फिर्ता गर्नुले सरकारको जबाफदेहिता स्पष्ट हुने बताएका हुन् ।
उनले भने, ‘सरकारले जलश्रोत विधेयक जस्तो विद्युत् विधेयक पनि फिर्ता गरिदियो भने अर्को डिजास्टर हुनेवाला छ । जलश्रोत विधेयक जस्तै विद्युत् विधेयक पनि फिर्ता लिने । निजामती सेवा ऐनको बारेमा माननीयज्यू यहाँ भन्दै हुनुहुन्थ्यो ।
सरकार विधेयक र कानुन निर्माणप्रति त्यति जिम्मेवार र जबाफदेही भइरहेको जस्तो त लागिरहेको छैन। प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगिरहेको विधेयक फिर्ता गर्ने निर्णय सरकार गर्दछ । सरकारको जबाफदेहिताको बारेमा त यो भन्दा थप कुरा के भन्नु ।
सांसद बस्नेतले निजी क्षेत्रले व्यापार गर्न सक्ने कानुनी व्यवस्था नगरी टेक एन्ड पेमा जाँदा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादनको योजना लथालिङ्ग हुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ असार २०८२, १६ : ४०
लेखकबाट थप