काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्धको हस्ताक्षर अभियान सुरु गरेको छ ।
पार्टी स्थापना दिवसका अवसरमा शनिबार काठमाडौँको माइतीघरमा एक कार्यक्रमको आयोजना गर्दै रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान सुरु गरेको हो ।
लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको लागि सदनका साथै सडकमा आएर तेस्रो स्थापना दिवस मनाएको रास्वपाका नेताहरूले जनाएका छन् । रास्वपा कार्यवाहक सभापति डीपी अर्यालले देशका लागि धेरै काम गर्दा रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको बताए । भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नबाट रोक्ने काम भएको भन्दै उनले अब जनताले रास्वपालाई साथ दिनुपर्ने उल्लेख गरे ।
अर्यालले १२ लाख भन्दा बढी जनताले दिएको मत सदुपयोग गर्न आफूहरू खटिरहेको भन्दै रास्वपालाई साथ दिने जनतालाई राज्यले अपमान गरिरहेको जिकिर गरे । उनले राज्यको निकायमा रास्वपाको प्रभावकारी उपस्थिति भए अहिले भ्रष्टाचार गर्नेहरू देश छाडेर भाग्ने अवस्था आउने बताए ।
यसैबिच शनिबार नै बसेको रास्वपा केन्द्रीय समिति बैठकले कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई महामन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको छ भने कार्यवाहक प्रवक्ताका रूपमा रहेका मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ असार २०८२, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड अगुवा पुरुषोत्तम यादवले दिए रास्वपा समानुपातिक उम्मेदवारका लागि आवेदन
रास्वपाको समानुपातिक उम्मेदवार बन्न आवेदन दिएकाहरूको नामावली सार्वजनिक
जेनजी अभियन्ता यादव रास्वपाको राजनीतिमा, समानुपातिक उम्मेदवार बनाउने तयारी
यी हुन् रास्वपा समानुपातिकतर्फ मधेश प्रदेशका प्रारम्भिक उम्मेदवार (सूचीसहित)
रास्वपाको समानुपातिक सांसद बन्ने होड : आवेदन दिएका सातै प्रदेशका उम्मेदवारको सूची प्रकाशित
रास्वपाले समानुपातिक उम्मेदवारीको म्याद पुस ५ सम्म थप्यो