काठमाडौँ । सर्लाहीमा कुटपिट गरी हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गोडैता नगरपालिका-६ बगदह बस्ने ६८ वर्षीया राम दुलारी रायको हत्या गरेको अभियोगमा सोही ठाउँमा बस्ने २७ वर्षीय राम अधिन रायलाई बुधबार प्रहरीले पक्राउ गरेका हुन् ।
राम अधिनले गोरेटो बाटोको विषयलाई लिई राम दुलारी र उनकी बुहारीलाई मंगलबार बेलुकी कुटपिट गरेका थिए । उक्ता कुरामा कुटपिट गर्दा गम्भीर घाइते भएकी राम दुलारीको जिल्ला सरकारी अस्पताल सिन्धुलीमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको । साथै कुटपिटबाट घाइते भएकी राम दुलारीकी बुहारीको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ असार २०८२, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या