काठमाडौँ । कोशीको पानीको धरानमा ल्याउने योजनाका लागि ४ करोड बजेट विनियोजन भएपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले असन्तुष्टि पोखेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत त्यति बजेटको अर्थ नभएको भन्दै बरु श्रमदानबाटै पानी खुवाउने बताएका हुन् ।
‘कोशीको पानीको लागि ४ करोड मात्रै ? लु भो सरकार तिम्रो पैसा हाम्लाई चाहिएन ! म श्रमदानबाटै पानी खुवाउँला बरु भो ! उस्स्स्स तिम्रो योजना !’उनले बुधबार फेसबुकमा लेखेका छन् ।
खानेपानी मन्त्रालयको बजेटमा साम्पाङले राख्दै आएको माग पनि समेटिएको छ । यसका लागि संघीय रूपमा कार्यान्वयन हुनेगरी सरकारले ४ करोड रुपैयाँ विनियोजन भएको हो । कोशीको पानी ल्याउन संघीय सरकारले पैसा दिनुपर्ने भन्दै साम्पाङ केही महिनाअघि रित्तो गाग्री बोकेर काठमाडौँ आएका थिए ।
त्यतिबेला उनले सिंहदरबारमा गएर सम्बन्धित मन्त्री र अधिकारीहरूलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ असार २०८२, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क साम्पाङले मागे सुशीला कार्कीको राजीनामा
धरान पुगेर रोए हर्क साम्पाङ
हर्क साम्पाङले बोलाएको कार्यपालिका बैठक आज बस्दै
धराने जनतालाई बीमाबाट वञ्चित नगर्न आग्रह गर्दै बीमा बोर्डलाई हर्क साम्पाङको पत्र
भिजनबिनाको मान्छेलाई नेता नसम्झनु ! त्यो ठग हो: हर्क साम्पाङ
मन्त्री यादवलाई हर्कको जवाफः म फर्किएपछि बर्बराएको सुहाएन, काम गरेर देखाऊ, बधाइ दिनेछु