काठमाडौँ । प्रतिनिधि सभाको असार महिनाको पहिलो पाक्षिक क्यालेन्डर तय भएको छ । क्यालेन्डरअनुसार असार १४ गतेसम्म ११ वटा बैठक बस्नेछ
क्यालेन्डरमा असार १० गतेसम्म निरन्तर र त्यसपछि १४ गते बैठक बस्ने उल्लेख छ । यद्यपि रास्वपाको सदन अवरोधका कारणले क्यालेन्डरमा भएअनुसार आज बैठक बसेको छैन । ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर, ७ र १४ गते शनिबार पनि बैठक बस्ने क्यालेन्डरमा उल्लेख छ ।
बजेटमाथि छलफल गर्नुको साथ निजामती विधेयक पारित गर्ने उल्लेख छ । सरकारले असार १५ गतेभित्र शिक्षा विधेयक पारित गर्ने सहमति गरेको भए पनि १४ गतेसम्मको क्यालेन्डरमा यो परेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ असार २०८२, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीहरूको उपस्थितिपछि प्रतिनिधि सभाको अवरुद्ध बैठक पुनः सञ्चालन
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग
विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
आर्थिक विधेयकमा कर दर परिवर्तन र पृष्ठ हटाइएको विषय संसद्मा उठ्यो, सरकारको जवाफ माग