टी–२० शृंखलामा नेपालको पहिलो जित, स्कटल्यान्ड पराजित

सफल खबर संवाददाता

बुधबार, ०४ असार २०८२, ०८ : ०३
टी–२० शृंखलामा नेपालको पहिलो जित, स्कटल्यान्ड पराजित

काठमाडौँ । स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी-२० क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीविरुद्ध सानदार प्रदर्शन गरेको छ।

टस जितेर पहिले बलिङ गरेको नेपाले स्कटल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै २४ रन खर्चिँदा ५ विकेट लियो। यद्यपि स्कटल्यान्ड छैटौं विकेटका लागि भने सम्हालिएको छ।

नेपालको उत्कृष्ट प्रदर्शनसँगै तीव्र गतिका बलर करण केसीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय विकेट पूरा गरेका छन्।

स्कटल्याण्डविरुद्ध जारी त्रिकोणात्मक सिरिजको खेलमा करणले ओपनर जर्ज मुन्सीलाई पेभेलियन फर्काउँदै आफ्नो सय विकेट पूरा गरे।

उनले ८० औं खेलमा यो सफलता प्राप्त गरे। करणले लगत्तै अर्को ओभरमा फिन्ले मक्रिथको विकेट पनि हात पार्न सफल भएका थिए। ३३ वर्ष पुगेका करणले सन् २०१५ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए।

उनले त्यसयता लगातार राष्ट्रिय टोलीका लागि मुख्य बलर बन्दै पछिल्लो समय अलराउन्डर प्रदर्शन गरिरहेका छन्।

पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ११ ओभरको समाप्तिमा ५९ रन बनाएर खेलिरहेको छ। अहिले क्रिजमा माइकल लिस्क २० रन र म्याथ्यु क्रस ११ रनमा अविजित छन्।

प्रतिक्रिया दिनुहोस