काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई एकीकृत गर्न विधेयकको मस्यौदा सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको यस मस्यौदामाथि १५ दिनभित्र सुझाव दिन आग्रह गरेको छ ।
दुई वर्षअघि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति लिएको यो विधेयक कानुन मन्त्रालयको कानुनी समीक्षापछि पुनः स्वास्थ्य मन्त्रालयमा फिर्ता आएको थियो । कानुन मन्त्रालयको सुझावअनुसार संशोधन गरेर मन्त्रालयले यो मस्यौदा सार्वजनिक गरेको हो ।
विधेयकको मस्यौदा अनुसार हाल छुट्टाछुट्टै ऐनबाट सञ्चालित ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू अध्ययन संस्थानमा परिणत हुनेछन् । यसमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान समावेश छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ असार २०८२, २० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले ४ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निमित्त उपकुलपति तोक्यो