काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि आवेदन आह्वान गरेको छ ।
मन्त्रालयले बुधवार एक सूचना जारी गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको लागि आवेदन माग गरेको हो।
योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित सात दिनभित्र स्वास्थ्य मन्त्रालयमा आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ असार २०८२, ११ : १५
लेखकबाट थप