काठमाडौँ । मकवानपुरबाट लागू औषध नाईट्राभेट २७० ट्याब्लेट र डाईजेपाम ४८ एम्पुलसहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा मकवानपुर हेटौँडा महानगरपालिका-मा बस्ने ३० वर्षीय विकास देउलालाई सोमवार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार देउलालाई शंका लागी शरीर तथा घर कोठा समेतको रितपूर्वक खानतलासी गर्दा कोठामा रहेको सोफा भित्र लुकाई छिपाई राखिएको अवस्थामा नाईट्राभेट २७० ट्याब्लेट र डाईजेपाम ४८ एम्पल फेला परेको थियो ।
उक्त लागू औषध बरामद गरी उनलाई हाल नियन्त्रणमा लिइ लागू औषध सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ असार २०८२, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्विया र रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
लागु औषधसहित दुई पक्राउ
पाँच किलो चरेशसहित होटल सञ्चालक पक्राउ
रेड नोटिस जारी भएका फरार प्रतिवादी कुवेतबाट पक्राउ
एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ
युके पठाइदिन्छु भन्दै ४३ लाख ठगी, एक जना पक्राउ