काठमाडौं । सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडामगरलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय भएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ठाडामगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । यसअघि १५ जेठमा ठाडामगरलाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको थियो ।
२ वैशाखको राति १२ बजेतिर एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अनिवार्य अवकाशमा गएका थिए । सशस्त्र प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी अनिवार्य अवकाशमा गएका थिए । उनकै ठाउँमा ठाडा मगर एआईजी बढुवा भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ असार २०८२, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
मन्त्रिपरिषद्का ९ निर्णय सार्वजनिक (सूचीसहित)
आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
डीआईजीद्वय राणा र ह्योजु एआईजीमा बढुवा