काठमाडौं । सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडामगरलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय भएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ठाडामगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । यसअघि १५ जेठमा ठाडामगरलाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको थियो ।
२ वैशाखको राति १२ बजेतिर एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अनिवार्य अवकाशमा गएका थिए । सशस्त्र प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी अनिवार्य अवकाशमा गएका थिए । उनकै ठाउँमा ठाडा मगर एआईजी बढुवा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ असार २०८२, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय
मन्त्रिपरिषद्को बैठक आज बस्दै
डिजिटल नेपाल र दिगो वित्तका लागि ९० मिलियन अमेरिकी डलर सहुलियत ऋण स्वीकृत
सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा
सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक जारी
इराकमा कार्यरत नेपालीलाई अभिलेखमा ल्याउन श्रम स्वीकृति दिने सरकारको निर्णय