काठमाडौं। नेकपा (एमाले) पोलिटब्यूरो सदस्य एवं प्रतिनिधि सभा सांसद सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको आन्दोलनलाई ‘ब्रोइलर’को संज्ञा दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश लेख्दै थापाले दिनभर नारा लगाउन नसकी थचक्क बस्नुपर्ने र भूइँमा निदाउनु पर्ने भन्दै रास्वपाप्रति कटाक्ष गरेका हुन् । ‘ब्रोइलर’ कुखुरालाई उभिन नसक्ने र कमजोरको रूपमा चित्रण गरिन्छ ।
‘जुनसुकै राजनीतिक पार्टीको गलत माग र जबरजस्तीको परिणाम अन्ततः संझौता गर्दासमेत प्रचण्डकोजस्तो र अझअघि बढ्दा त झन् रास्वपाको संसद् बैठकभित्र जारी पलेंटी कसेजस्तो त हुने रहेछ,’ थापाले लेखेका छन्, ‘एक दिनभरि उभिएर नारा लगाउन पनि नसकी थचक्क बस्नुपर्ने र भूइँमा निदाउनु पर्ने ‘ब्रोइलर’हरूले के तमासा गर्नु बजेट छलफललाई अवरोध गरेर ? त्यसै रत्नपाकर्क, कलंकी र पोखराको चिप्लेढुंगामा नाराजुलुस गरेजस्तो नगरी कुर्सीमा बस्नुस् भनिएको होइन नि !’
रास्वपा सांसदले आइतवार सोमवार संसद्मा नाराबाजी गरेका थिए । त्यसक्रममा सांसदहरू थाकेर भूइँमा बसेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ असार २०८२, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा कार्यकर्तालाई सूर्य थापाको जवाफ– रविले पार्टी खोल्नुअघि ठगी र विश्वासघात गरेका हुन्
प्यूठानका कांग्रेसले कुप्रचार गरे : सूर्य थापा