काठमाडौँ । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका-६ रेशमकोठीबाट असार १ गते लुकाई छिपाई राखेको करिब २२ लाख ७१ हजार रुपियाँ बराबरको लत्ताकपडा बरामद भएको छ ।
सोही ठाउँको एक घरमा भारतबाट अवैधरुपले ल्याएर लुकाई छिपाई गोदाममा राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र भन्सार कार्यालयको संयुक्त टोलीले आइतबार साँझ छापा मारेको थियो । सो क्रममा ठूलो मात्रामा फेन्सी कपडा बरामद भएको हो ।
बरामद लत्ताकपडा आवश्यक कारबाहीका लागि सोमबार वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको जानकारी सशस्त्रका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ असार २०८२, १५ : १५
लेखकबाट थप