काठमाडौं । प्रतिनिधि सभा बैठक सुरु भएको छ । आज पनि प्रतिपक्षी दल रास्वपा र राप्रपाले विरोध गरेका थिए । तर, सभामुख देवराज घिमिरेले अवरोधकै बीच बैठकको कारबाही अघि बढाएका छन् ।
आजको बैठकमा गत १५ जेठमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ । प्रतिपक्षी दलहरुले भने भिजिट भिसा प्रकरणलाई लिएर संसदमा विरोध गर्दै आएका छन् । माओवादीले सहमति गरे पनि रास्वपा र राप्रपा सहमत भएका छैनन् । उनीहरुले गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ असार २०८२, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च पुग्यो एमाले
प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान
प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ
प्रतिनिधि सभा पुनर्स्थापनाका लागि एमाले अदालत जाने
संसद् सचिवालयद्वारा प्रतिनिधि सभाको छैटौँ अधिवेशनका कामकारवाहीको विवरण सार्वजनिक