काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरेको १७ दिनपछि आजबाट प्रतिनिधिसभामा बजेटमाथिको सैद्धान्तिक छलफल प्रारम्भ भएको छ। जेठ १५ गते संसद्मा बजेट प्रस्तुत भए पनि प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण छलफल अघि बढ्न सकेको थिएन।
आज बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेपछि छलफल सुरु भएको हो। छलफलको प्रारम्भमा बोल्दै अर्थमन्त्री पौडेलले वर्तमान आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई सही दिशा दिन बजेट ल्याइएको बताए।
आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा नाराबाजी गर्दै आएको छ । पमुख प्रतिपक्षी दल माओवादी भने सत्तारुढ एमालेसँग दुईबुँदे सहमतिसँगै अवरोध फिर्ता लिएको छ । माओवादीको साथ पाएपछि सत्तारुढ दलहरूले रास्वपा र राप्रपालाई पेलेरै बजेटमाथिको छलफल प्रक्रिया अघि बढाएका हुन् ।
अब संसदमा विभिन्न दलका सांसदहरूले बजेटको सैद्धान्तिक पक्षमाथि आ–आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ। सैद्धान्तिक छलफल सकिएपछि मन्त्रालयगत विनियोजनमाथि छलफल हुने संसदीय कार्यसूची रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ असार २०८२, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्रीको दाबी : आर्थिक सुधारका कार्यक्रम कार्यान्वयन चरणमा, निजी क्षेत्रको सुझाव बजेटमा समेटिने
संसदीय समितिमा अर्थमन्त्रीलाई बोलाएर बजेटबारे छलफल गर्न सांसदहरूको माग
अर्थमन्त्रीको चार ठाउँमा घर र अपार्टमेन्ट, साढे ३ करोड ऋण
निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता
अर्थमन्त्री र वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखबीच भेटघाट
अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल