काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भिजिट भिसा प्रकरणमा सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग गरेको सम्झौता पार्टी हितमा भए÷नभएको बारेमा पार्टीमा समीक्षा हुनुपर्ने बताएका छन् ।
माओवादी केन्द्र दोलखा—काठमाडौँ सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग दुई बुँदे सम्झौता भएपछि संसद् खुलेको बताए ।
उनले त्यसबारेमा विभिन्न प्रतिक्रियाहरू आइरहेको बताउँदै पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल हुन नसकेको र अध्यक्ष पुष्पकमल दाहालले समग्र परिस्थितिको लेखाजोखा गरेर त्यस्तो निष्कर्षमा पुग्नुभएको हुनसक्ने बताए । तर उक्त मुद्दालाई माओवादीले नछोड्ने स्पष्ट पारे ।
उनले भने, ‘संसदमा हिजो के भएको हो भन्नुभयो । भएको त तपाईंहरु सबैले देखिसक्नुभयो । सरकारमा रहेका पार्टीहरूसँग दुई बुँदै सम्झौता भएर संसद् खुलेको हो । त्यसबारेमा विभिन्न प्रतिक्रियाहरू आइरहेका छन् ।
त्यसबारेमा पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल र भेटघाट हुन पाएको छैन । मैले छलफल गरेर निष्कर्षमा नपुगि केही भन्न सक्दिन । औपचारिक कुरा थाहा पाइसक्नुभयो ।
त्यसले हाम्रो पार्टीलाई, सुशासनको अभियानलाई हित हुनेगरी भयो कि भएन भनेर समीक्षा हुनसक्छ । त्यसमा अध्यक्ष कमरेडले समग्र परिस्थितिको लेखाजोखा गरेर त्यस्तो निष्कर्षमा पुग्नुभएको हुनसक्छ ।
उनले थप भने, ‘पार्टीमा आधिकारिक रुपमा भन्न सक्ने स्थितिमा छैन । हामीले यो मुद्दा छोड्दैनौँ । भ्रष्टाचारको यो स्तरको जो प्रक्रिया अगाडि आएको छ, यो मुद्दा हामीले छोडेका होइनौँ । हामी छोड्दैनौँ । यो भ्रष्टीकरणको विरुद्ध, भ्रष्टाचारको विरुद्धको अभियान जारी राख्छौँ ।
अरू कुराको हकमा तात्कालिक कार्यनीतिका हिसाबले के पर्यो, किन त्यसो गर्नुपर्यो भन्ने कुरा हामी छलफल गरेर मात्रै एउटा टुङ्गोमा पुग्नेछौँ ।’
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भ्रष्टाचारको विरुद्धको अभियान जारी राख्ने समेत बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ जेठ २०८२, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारसँग नारायणकाजीको माग- रवि लामिछानेमाथि अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहार तत्काल रोकियोस्
जनयुद्धमा बेपत्ता पारिएकाहरुको स्थिति सार्वजनिक हुनुपर्छ : नारायणकाजी श्रेष्ठ
भारत र चीनसँगको सम्बन्धलाई बराबर प्राथमिकता दिनुपर्छ : नारायणकाजी श्रेष्ठ
समाजवाद उन्मुख नभईकन राष्ट्रिय पुँजीको विकास सम्भव छैन : नारायणकाजी श्रेष्ठ
वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउन बनेको हो : नारायणकाजी श्रेष्ठ
कम्युनिष्ट आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाउन आवश्यक छः उपाध्यक्ष श्रेष्ठ