काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रणलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै त्यसमा हरेक नेपालीको सहयोग आवश्यक भएकामा जोड दिएका छन् ।
अन्नपूर्ण मिडिया नेटवर्कले आज यहाँ आयोजना गरेको विद्युतीय सवारीसाधन ‘इभी र्याली’मा उनले वातावरण संरक्षणलाई जलवायु परिवर्तनका कारण उत्पन्न हुनसक्ने जोखिमलाई दृष्टिगत गरेर तदनुरुप नीति निर्माणमा लागेको बताए ।
अर्थमन्त्री पौडेलले भने, “स्वच्छ वातावरणको सुनिश्चितता कुनै देश विशेषको नभएर सिङ्गो पृथ्वीको साझा चासो हो । एकातिर विकासका आवश्यकतालाई सम्बोधन गर्नुछ भने अर्कोतिर स्वच्छ वातावरण निर्माण । ‘सगरमाथा संवाद’ आयोजना गरेर हामीले वातावरण संरक्षणका निम्ति हामी प्रतिबद्ध रहेको सन्देश दिएका छौँ ।”उनले विद्युतीय सवारीसाधनको प्रवद्र्धनमा सरकार दृढतापूर्वक उभिएको बताए ।
कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले मिडियाको काम समाचार सम्प्रेषण मात्र नभई वातावरण संरक्षणमा पनि भएकाले आफूहरू त्यो अभियानमा लागेको बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ३१ जेठ २०८२, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वदेशमै अवसर सिर्जना गर्न सक्षम राजनीतिक नेतृत्व आवश्यक छ: उपप्रधानमन्त्री पौडेल
अर्थमन्त्री र गभर्नरबिच दरारको खोजी गर्नेहरू निराश हुनेछन्: अर्थमन्त्री पौडेल
वित्तीय अनुशासनलाई कडाइका साथ पालना गरिन्छ : अर्थमन्त्री पौडेल
वैदेशिक सहायतालाई प्राथमिकता केन्द्रित गर्छौं :अर्थमन्त्री पौडेल
प्रतिगामी तत्व र राजावादीको कुनै भविष्य छैन : उपप्रधानमन्त्री पौडेल
लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कौं : अर्थमन्त्री पौडेल