इटहरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध रहेको संसद् आज खुल्नेगरी छलफल भइरहेको बताएका छन् । आज सुनसरीको इटहरीमा कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटमा उनले संसद् सञ्चालनका लागि प्रमुख दलबिच सहमति भइसकेको समेत बताए ।
‘केहीबेरमा म संसद् किन खुल्यो भन्नेबारे भिडियोमार्फत जानकारी दिनेछु, तर आज केहीबेरमै संसद् खुल्छ’, महामन्त्री थापाले भने । उनी तामाङ घेदुङको कोसी प्रदेश अधिवेशनमा सहभागी हुन इटहरी आएका हुन् ।
त्यस अवसरमा नेपाली कांग्रेस क्षेत्र नं २ ‘क’ ले आयोजना गरेको सङ्गठन संवाद कार्यक्रममा महामन्त्री थापाले संसद्ले आजैदेखि गति लिने उल्लेख गरे ।
उनले देशको राजनीतिक गतिरोध अन्त्य गर्ने दिशामा सकारात्मक सङ्केत देखिएको बताउँदै नेपाली कांग्रेस लोकतान्त्रिक अभ्यास र जनताका अपेक्षाअनुसार अघि बढ्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० जेठ २०८२, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
०८३ को मङ्सिर भन्दा अगाडि नै पार्टीको महाधिवेशन हुन्छ: महामन्त्री थापा
पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दा सम्मानपूर्वक निरुपण हुनुपर्छ : महामन्त्री थापा
आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ: महामन्त्री थापा
यो सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्छ : गगन थापा
कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयहरू समेटिनुपर्छ : महामन्त्री थापा
संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ: महामन्त्री थापा