संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै

सफल खबर संवाददाता

शुक्रबार, ३० जेठ २०८२, ११ : १६
संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै

काठमाडौँ । संघीय लोकतान्त्रिक मोर्चाको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे शान्तिनगरस्थित राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।  बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । बैठकमा भिजिट भिसा प्रकरणबारे पनि छलफल हुनेछ ।

मोचाको कार्यविधि, आदिवासी जनजाति र मधेशीबीच सहकार्य गर्ने सम्बन्धमा पनि छलफल हुने जनाइएको छ । मोर्चामा जनमत, जसपा नेपाल, लोसपालगायत मधेस केन्द्रित दलहरू सहभागी छन् ।

 

प्रतिक्रिया दिनुहोस