न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता नेपाल

सफल खबर संवाददाता

विहीबार, २९ जेठ २०८२, १३ : ५२
न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले न्यायपरिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपालको नाम सिफारिस गरेका छन् । नेपालको संविधानमा न्यायपरिषदमा प्रधानमन्त्रीको सिफारिसमा एक कानुनविद् सदस्य नियुक्त हुने व्यवस्था छ ।

न्यायपरिषद् सदस्य रामप्रसाद भण्डारी १० असारमा चार वर्षे पदावधि सकिएर अवकाश हुँदैछन् । रिक्त हुने ठाँउमा प्रधानमन्त्रीले नेपालको नाम सिफारिस गरेका हुन् ।

अब संसदीय सुनुवाइपछि राष्ट्रपतिले नेपाललाई न्यायपरिषद् सदस्यमा नियुक्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस