वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्य नियुक्त

सफल खबर संवाददाता

सोमबार, २३ असार २०८२, २० : ४९
वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्य नियुक्त

काठमाडौँ । वरिष्ठ अधिवक्ता महेश कुमार नेपाल न्याय परिषद् सदस्यमा नियुक्त भएका छन् ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई न्याय परिषद् सदस्य नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम भोजपुरको भोजपुर नगरपालिका–८ का नेपाललाई न्याय परिषद् सदस्य नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । 

प्रतिक्रिया दिनुहोस