सुदूरपश्चिम सभापतिलाई रास्वपाले सोध्यो स्पष्टीकरण

सफल खबर संवाददाता

विहीबार, २९ जेठ २०८२, १३ : २७
सुदूरपश्चिम सभापतिलाई रास्वपाले सोध्यो स्पष्टीकरण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम सभापति प्रकाश विष्टलाई स्पष्टीकरण सोधेको छ । केन्द्रीय समिति सदस्य समेत रहेका विष्टलाई अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो ।

विष्ट असार २ मा भारतको मुम्बईमा हुने रास्वपाको कार्यक्रममा उपसभापति डा. स्वर्णिम वाग्लेसँगै जाने तय भएको छ । रास्वपा निकट प्रवासी नेपाली सम्पर्क मञ्च भारतको महाराष्ट्र राज्य समितिका प्रथम राज्य भेला आह्वान गरिएको छ ।

भेलाको प्रमुख अतिथिमा उपसभापति डा. वाग्लेलाई निमन्त्रणा गरिएको छ । विष्ट जाने आउने गरी त्यहाँको समितिले प्रचार गरे पनि उनी त्यहाँको कार्यक्रममा सहभागी नहुने भएका छन् । विष्टले भने, ‘आन्तरिक कामहरू छ । मुम्बईको कार्यक्रममा जान्न होला ।’

स्पष्टीकरण सोधिएका प्रदेश सभापति विष्ट पेशाले इञ्जिनियर हुन् ।

 

प्रतिक्रिया दिनुहोस