क्रोएसियाको पहिलो दुई खेलमा १२ गोल

एजेन्सी

मंगलबार, २७ जेठ २०८२, ०८ : १०
क्रोएसियाको पहिलो दुई खेलमा १२ गोल

एजेन्सी । विश्वकप फुटबल छनोट अन्तरगत युरोपेली देशको आइतबार राति भएको समूह क्रोएसियाले चेक गणतन्त्रलाई ५-१ ले हराएको छ।

समूह एलमा रहेको क्रोएसियाले विश्वकप छनोटको सुरुवाती दुई खेलमा १२ गोल गरेको छ। पहिलो खेलमा सो टोलीले जिब्राल्टरलाई ७-० ले हराएको हो।

सो खेलको ४२ औँ मिनेटमा क्रोएसियाका आन्द्रे क्रामारिकले गोल गरे। ५८ औँ मिनेटमा टोमास साउसेमले नजिकैको दुरीबाट गोल गर्दै चेकलाई खेलमा फर्काएका थिए।

त्यसपछि १३ मिनेटको अन्तरमा चार गोल गर्दै क्रोएसियाले सानदार सफलता पाएको हो। ६२ औँ मिनेटमा लुका मोड्रिकको पेनाल्टी गोलमा अग्रता लिएको टोलीका लागि ६८ औँ मिनेटमा इभान पेरिसिक तथा ७२ औँ मिनेटमा आन्द्रे बुडिमिरले गोल गरे। अन्तिम गोल क्रामारिकले नै गरे।

सोही समूहको अर्को खेलमा फारो आइजल्यान्डले जिब्राल्टरलाई २-१ ले हरायो। ज्रिबाल्टरले २३ औँ मिनेटमा स्कालटनको गोलमा अग्रता लिएको थियो। फारो आइजल्यान्डका लागि दोस्रो हाफमा फ्रेडिक्सबर्ग र जोनान्सेनले गोल गरे।

प्रतिक्रिया दिनुहोस