काठमाडौँ । अभिनेता राजेश हमाल करिब ४ दशकदेखि अभिनयमा सक्रिय छन् । उनको कलाकारिता प्रतिको जोस र जाँगर अहिले पनि घटेको छैन । त्यसैले उनको उमेर कति भयो होला ? सबैको चियो र चासोको विषय हो ।
हमाल भने अहिले ६१ वर्ष पुगेका छन् । उनी आज सोमबार आफ्नो ६१ औँ जन्मदिन सेलिब्रेसन गर्दैछन् । उनलाई फ्यान, शुभचिन्तक र साथीभाइ सबैले बिहानैदेखि सामाजिक सञ्जालमा शुभकामना दिइरहेका छन् ।
पुलिस अफिसर, भरिया, गाउँले किसान, टुहुरो, पालेदाइ, मजदुर र व्यवसायीदेखि महिलाको भूमिकासम्म अभिनय गरेर दर्शक रिझाउन सफल हमाल बेला बेलामा सामाजिक कर्ममा पनि देखिने गरेका छन् ।
फिल्म ‘युगदेखि युगसम्म’बाट अभिनयमा देखिएका हमालको पछिल्लो फिल्म ‘नरसिंहा अवतार’ केही सातादेखि प्रदर्शनरत छ । हमाल फिल्ममा मात्र सिमित छैनन् । उनले म्युजिक भिडियो, विज्ञापन र चलचित्रमा पनि प्रशस्तै काम गरेका छन् । २ सय बढी फिल्ममा अभिनय गरिसकेका र लामो समय यसै क्षेत्रमा बिताएकोले उनलाई ‘महानायक’ को रूपमा पनि चर्चा गरिन्छ ।
कलाकारितामा देखिएको बाहेक अन्य के हुन् हमाल ? भन्ने सबैको चासाको विषय हो । जसको जवाफ हमाल आफैँले दिँदैछन् । उनले आफ्नो सोच, विचारदेखि विद्रोहसम्म सबथोक समेटिएको जीवनी पुस्तकमा ल्याउँदैछन् ।
‘जीवनमा मेरो बाल्यकाल, मेरो हुर्काइ, फिल्मको अहिलेसम्मको यात्रा सबै आउँछ,’ हमालले भने, ‘यो बाहेक पनि जीवन प्रतिको धारणा, राजनीतिप्रतिको धारणा, दर्शन अन्य सामाजिक विषयवस्तु प्रतिको धारणा लगायत धेरै कुरा समावेश छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ जेठ २०८२, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर नियुक्त
राजेश हमालको अभिनय रहने ‘नरसिंहाः अवतार’ को शुभमुर्हूत