काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई बलियो बनाउन जरुरी रहेको बताएका छन् । आइतबार भक्तपुरमा शहीद राधेश्याम जोन्छेको १३ औँ पुण्यतिथिमा आयोजित स्मृतिसभालाई सम्बोधन गर्दै देउवाले जोन्छेको जीवनीबाट प्रेरणा लिएर कांग्रेसलाई बलियो बनाउनुपर्ने बताएका हुन् ।
आफूले जोन्छेलाई मन्त्री बनाउन चाहेको भए पनि बनाउन नसकेकोप्रति दुःख व्यक्त गरे । सभापति देउवाले भने, ‘उहाँका सम्बन्धमा हामीले अझै केही किताब लेख्नु छ । देशभर नै उहाँको प्रचार गर्नु छ । भोलिका युवाले उहाँको प्रेरणाबाट धेरै कुरा सिक्न सक्छन् ।
उहाँका धेरै कामहरूको चर्चा गर्न जरुरी छ । म त अझ मन्त्री बनाउन चाहन्थेँ उहाँलाई । उहाँले राम्रो काम गर्नुभएको छ । उहाँकाप्रति सम्मान मात्रै गर्ने होइन, उहाँको उदारताबाट प्रेरणा लिएर हाम्रो पार्टीलाई बलियो बनाउनुपर्छ ।’सभापति देउवाले शहीद जोन्छेको जीवनीबाट प्रेरणा लिन जरुरी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ जेठ २०८२, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजावादीको आन्दोलन पतन भइसक्यो, प्रदर्शनको कुनै अर्थ छैन : देउवा
कांग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासको अग्रसरता लिन तयार छ : देउवा
धर्मनिरपेक्षको प्रभावकारी कार्यान्वयनमा कांग्रेस दृढ छ : देउवा
शिक्षा र निजामती ऐन ल्याउन कांग्रेस दृढ छ : देउवा
सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा
देउवाले गरे राज्य प्रशासन विभागमा १० सदस्यहरू मनोनयन