काठमाडौं । गर्भवती प्रेमिकाको हत्या गरेको आरोपमा हैदराबादमा एक नेपाली युवक पक्राउ परका छन् । इण्डिया टुडेका अनुसार, ती युवकमाथि लिभिङ टुगेदरमा रहेकी गर्भवती प्रेमिका ३३ वर्षीय तारा बोहराको हत्या आरोप छ । प्रहरीका अनुसार, हत्यापछि प्रेमिकाको शव लगेज ब्यागमा हालेर सुनसान स्थानमा फालेका भेटिएको छ ।
हत्यामा संलग्न रहेको आरोपमा ३० वर्षीय नेपाली नागरिक विजय टोप्पा उर्फ विल्सनलाई पक्राउ गरिएको हैदराबाद प्रहरीले जनाएको छ । बोहराको शव जुन ४ मा हैदराबादको बाचुपल्लीस्थित आवासीय क्षेत्रमा फालिएको लगेजभित्र फेला परेको थियो ।
विजय एक स्थानीय रेष्टुरेन्टमा कार्यरत सेफ हुन् । उनी तारासँग लिभिङ टुगेदरमा बस्दै आएका थिए । फेसबुकमार्फत चिनजान भएका उनीहरूको पछि प्रेम बसेको खुल्न आएको प्रहरीले जनाएको छ ।
तारा विवाहित थिइन् र उनका दुई सन्तान थिए । तर, उनले अप्रिल १५ मा हैदराबाद आएर विजयसँग बोवरमपेटस्थित भाडाको घरमा बस्न थालिन् ।
मे २३ मा तारा गर्भवती भएको विषयमा विवाद हुँदा विजयले नाइलन झोलाको डोरीले घाँटी थिचेर उनको हत्या गरेको प्रहरीको भनाइ छ । स्थानीय चौकीदारले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले पाँचवटा विशेष टोली बनाएर आरोपीको खोजी थालेको थियो । सीसीटीभी फुटेज र प्राविधिक प्रमाणको आधारमा विजयलाई मेडचल जिल्लाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिले प्रारम्भिक बयानमा आफ्नो कसुर स्वीकार गरेको प्रहरीले दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ जेठ २०८२, १३ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण
छोराले गरे आमाको हत्या
कैलालीमा घरायसी विवादमा श्रीमतीले गरिन श्रीमानको हत्या
विवाद भएपछि साथीको हत्या, एक जना पक्राउ
सिन्धुलीमा श्रीमतीले गरिन् श्रीमानको हत्या