बेइजिङ । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले शनिबार देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले ‘पहेँलो स्तर’ को वर्षा सम्बन्धी चेतावनी जारी गरेको छ ।
शनिबार दिउँसो २ बजेदेखि आइतबार दिउँसो २ बजेसम्म याङ्छे नदी र ह्वाइहे नदी आसपासका क्षेत्र, हानज्याङ नदी, याङ्छे नदीको दक्षिणतर्फ पर्ने भूभाग, गुइझोउ तथा गुआङ्शी प्रान्तहरूमा व्यापक वर्षा हुने अनुमान गरिएको छ ।
जिआङ्सु, आन्हुई, हुबेई र चेजियाङका केही स्थानहरूमा १८० मिलिमिटरसम्म वर्षा हुन सक्ने जनाइएको छ । कतिपय क्षेत्रमा एक घण्टामै ८० मिलिमिटर वा सोभन्दा बढी पानी पर्ने सम्भावना रहेको छ, जससँगै मेघगर्जन र हुरीसमेत देखापर्न सक्ने अनुमान छ ।
स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूलाई शहरी तथा ग्रामीण क्षेत्रका ढल तथा निकास प्रणालीको निरीक्षण र पूर्वतयारी गर्न सुझाव दिइएको छ । चीनमा प्रयोग गरिने चार–स्तरीय रङ्गको चेतावनी प्रणालीअनुसार, रातो सबैभन्दा उच्च जोखिम जनाउने रङ्ग हो भने त्यसपछिका क्रमशः सुन्तला, पहेँलो र नीलो रंगले घट्दो स्तरका खतरा दर्शाउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ जेठ २०८२, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट